भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा गरेका छन् ।
सोमबार मुलधारका मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणमा रकम थोरै भएको गुनासो आइरहेको सन्दर्भमा सरकारले एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने बताए ।
उनले भूकम्प प्रभावित क्षेत्रमा चिसोले मानिसको मृत्यु भएकोबारे पनि संख्या बढाइचढाइ हल्ला फैलाइएको गुनासो गरे । उनले मृत्यु भएका भनिएका सबैको चिसोका कारण नभइ कतिपयको कालगतिले मृत्यु भएको प्रस्ट पारे ।
‘जाजरकोटमा मृत्यु भएको भनिएका सबै चिसोले मरेका होइनन्,’ उनले भने, ‘३÷४ जना त कालगतिले मरेको भनिएको छ, मुख्यमन्त्रीसँग कुरा गर्दा त्यही भनेका छन् ।’
अस्थायी आवास बनाउन समस्या भएकाहरुको हकमा प्रहरी र सेनाले आवास बनाउनका लागि सहयोग गर्ने पनि उनले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई आक्रमण भयो : कर्नेल सोफिया कुरेशी
-
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
-
भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर चिरञ्जीवी नेपालको चेतावनी
-
कोहलीले बीसीसीसीआईलाई भने, ‘टेस्ट क्रिकेटबाट संन्यास लिन चाहन्छु’
-
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा