आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनमा बन्धक

सोमबार, १८ मङ्सिर २०८०, २० : २०
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिक युक्रेनमा बन्धक रहेको सरकारले जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका एक नेपाली नागरिक युक्रेनमा बन्धक रहेको प्रष्ट पारेको हो । 

मन्त्रालयले रुसी सेनामा भर्ना भई युक्रेनमा बन्दी रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको जनाएको छ । 

सरकारले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन अनुरोध गरेको छ ।  

हालसम्म रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको सरकारले सोमबार पुष्टि गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप