रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनमा बन्धक
सोमबार, १८ मङ्सिर २०८०, २० : २०
काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिक युक्रेनमा बन्धक रहेको सरकारले जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका एक नेपाली नागरिक युक्रेनमा बन्धक रहेको प्रष्ट पारेको हो ।
मन्त्रालयले रुसी सेनामा भर्ना भई युक्रेनमा बन्दी रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको जनाएको छ ।
सरकारले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन अनुरोध गरेको छ ।
हालसम्म रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको सरकारले सोमबार पुष्टि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण