रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण
किएभ । युक्रेनको हवाई सेनाले उसले सोमबार रुसले हमला गरेका इरानमा निर्मित सहिद ड्रोनहरूमध्ये १८ ड्रोन र एउटा क्षेप्यास्त्रलाई खसाएको बताएको छ ।
मस्कोले सामान्यतया हरेक साता युक्रेनमा दर्जनौँ ड्रोनद्वारा हमला गर्दछ । उसले युक्रेनका ऊर्जा संयन्त्र र सैन्य ठेगानालाई लक्षित गर्दै आएको छ ।
युक्रेनको हवाई सेनाले एक सामाजिक मिडिया पोस्टमा भनेको छ, “लडाइँका क्रममा १८ वटा ड्रोन र एउटा एक्स–५९ निर्देशित क्षेप्यास्त्र नष्ट गरिएको छ ।”
स्थानीय अधिकारीहरूले लिभिभ, इभाने–फ्रान्किभिस्क र खमेलनित्स्किीका पश्चिमी क्षेत्रका साथै दक्षिणमा माइकोलाइभ र खेरसनमा हमला भएको सूचना दिएका छन् ।
खेरसनमा एउटा सांस्कृतिक केन्द्र र एउटा पसललाई निशाना बनाइएको थियो । हमलामा सम्भावित हताहतको कुनै जानकारी प्राप्त भएको छैन ।
मौसम परिवर्तनसँगै तापक्रम माइनसमा झर्दा विद्युत् तथा अन्य ऊर्जा केन्द्रमा रुसले आक्रमण गर्ला कि भन्ने युक्रेनलाई डर छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण