महाधिवेशनको मिति तोक्न एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को ६९ औँ सचिवालय बैठक जारी छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक साढे ११ बजेबाट सुरु भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सोमबारबाट सुरु भएको बैठकमा पहिलो दिन राष्ट्रिय सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।
सोमबार महाधिवेशनको मिति सार्नेबारे छलफल भए पनि निर्णय हुन सकेको थिएन । आजको बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने नेताहरूले बताएका छन् ।
यसअघि सो पार्टीले माघ १४–१८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरे पनि भूकम्प, राष्ट्रिय सभा निर्वाचन लगायतलाई देखाएर उक्त मितिमा महाधिवेशन हुन नसक्ने नेताहरूले बताउँदै आएका छन् ।
महाधिवेशनको नयाँ मितिबारे नेताहरूले फरक फरक मिति प्रस्ताव गरेकाले निर्णय गर्न कठिन भएको नेताहरूको भनाई छ । यद्यपि सबैको राय सुनेर अध्यक्ष नेपालले आजको बैठकमार्फत नयाँ मिति तोक्ने र सचिवालय बैठक सम्पन्न गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण