आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशनको मिति तोक्न एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा

मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ४०
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को ६९ औँ सचिवालय बैठक जारी छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक साढे ११ बजेबाट सुरु भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सोमबारबाट सुरु भएको बैठकमा पहिलो दिन राष्ट्रिय सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।

सोमबार महाधिवेशनको मिति सार्नेबारे छलफल भए पनि निर्णय हुन सकेको थिएन । आजको बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने नेताहरूले बताएका छन् ।

यसअघि सो पार्टीले माघ १४–१८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरे पनि भूकम्प, राष्ट्रिय सभा निर्वाचन लगायतलाई देखाएर उक्त मितिमा महाधिवेशन हुन नसक्ने नेताहरूले बताउँदै आएका छन् ।

महाधिवेशनको नयाँ मितिबारे नेताहरूले फरक फरक मिति प्रस्ताव गरेकाले निर्णय गर्न कठिन भएको नेताहरूको भनाई छ । यद्यपि सबैको राय सुनेर अध्यक्ष नेपालले आजको बैठकमार्फत नयाँ मिति तोक्ने र सचिवालय बैठक सम्पन्न गर्ने तयारी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप