लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत
भेन्टियान । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् ।
लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक, वैज्ञानिक र प्राविधिक द्विपक्षीय सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका छन् ।
सो समाझदारीले बैंकिङ, वित्त, उद्योग, यातायात, ऊर्जा, स्वास्थ्य सेवा र अन्य विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको आशाजनक नयाँ क्षेत्रहरू पहिचान गरेको पनि पासाक्सन अखबारले मङ्गलबार उल्लेख गरेको छ ।
रुसी प्रतिनिधिमण्डलले आर्थिक-व्यापारिक तथा वैज्ञानिक-प्राविधिक सहयोग बढाउने उद्देश्यले लाओसको भ्रमण गरेको थियो । अन्तरसरकारी लाओ-रूसी आयोगको १७ औँ सत्र जुन नोभेम्बर २९-३० सम्म भएको थियो । त्यसमा रुसी प्रतिनिधि मण्डलले द्विपक्षीय व्यापार प्रवर्धनमा विशेष चासो दिएको थियो ।
दुई देश नयाँ व्यापार र आर्थिक साझेदारीको खोजी गर्न र खाद्यान्न शृङ्खला पुनर्निर्माण गर्न इच्छुक रहेको पाइएको छ । जलविद्युत, शान्तिपूर्ण आणविक ऊर्जा र चिकित्सा उपकरणको आपूर्तिका क्षेत्रमा समेत संयुक्त लगानीका परियोजनाहरूको सङ्ख्या बढाउने दुई देशको योजना छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण