जाजरकोटका भूकम्पपीडित विद्यार्थीलाई न्यानो कपडा वितरण
जाजरकोट । जाजरकोटका भूकम्पपीडित विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । अमेरिका निवासी अनिता बरालले जाजरकोट नगलगाढका ७० विद्यार्थीलाई ज्याकेट सहितको न्यानो कपडा वितरण गरेकी हुन् ।
चिसोले भूकम्पपीडितको मृत्यु भएको समाचार पढेपछि बरालले १ हजार अमेरिकी डलर बराबरको ज्याकेट, टोपी, पञ्जालगायतका न्यानो कपडा सहयोग गरेकी हुन् । बरालले अमेरिकाबाट नै रकम पठाएर उद्धार र पुनर्निर्माणमा खटिएका स्वयमसेवकमार्फत् उक्त ज्याकेट, मोजा र पन्जा वितरण गरेकी हुन् ।
बरालले ससाना बालबालिका विद्यालय जान नसकेको समाचार पढेको र थोरै भए पनि सहयोग गरेको रातोपाटीलाई बताइन् । यसबाट एक विद्यालयका विद्यार्थीहरु लाभान्वित भएकामा खुसी व्यक्त गरिन् । साथीहरूसँग सल्लाह गरेर थप सहयोगका लागि पनि पहल गर्ने बरालले बताइन् ।
गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पमा परी नलगाढ नगरपालिका वडा नम्बर ५ ऐरारीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीको समेत निधन भएको थियो । विद्यालयको दुईकोठे भवनसमेत भत्किएपछि केही विद्यार्थीलाई खुला चौरमा राखेरसमेत अध्यापन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक गणेश बहादुर शाहीले जानकारी दिए ।
नलगाढको उक्त विद्यालय उच्च पहाडी क्षेत्र भएको र अत्यधिक चिसो हुने स्थान भएकाले डाउन ज्याकेट आएपछि विद्यार्थीलाई पढाउन समेत सहज हुने प्रधानाध्यापक शाहीले बताए । शाहीका अनुसार मंगलबार ६० विद्यार्थीलाई वितरण गरिएको र छुटेका केही विद्यार्थीलाई बुधबार वितरण गरिने छ ।
नलगाढ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमराज वलीले भूकम्पपीडित विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेकामा बराललाई धन्यवाद दिएका छन् । वडाध्यक्ष वलीले भूकम्पबाट साना बालबालिका सबैभन्दा पीडित रहेको र राज्यको तर्फबाट समेत सहयोग र समन्वय भइरहेको भन्दै न्यानो कपडाले विद्यार्थीलाई विद्यालयमै आएर अध्ययन गर्न सहयोग पुग्ने विश्वास गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण