बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बालबालिकामा देखिएको अज्ञात रोगको विषयमा छलफल

मङ्गलबार, १९ मङ्सिर २०८०, १६ : ३९
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । पछिल्लो समय चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वास सम्बन्धी अज्ञात रोगको विषयमा नेपालमा छलफल भएको छ । 

विश्व स्वास्थ्य संगठन नेपालको प्राविधिक सहयोगमा स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो विषयमा छलफल गरेका हुन् । 

बालबालिकामा बढ्दो श्वासप्रश्वाससम्बन्धी रोगका घटनाहरूबारे सचेतनाको विषयमा छलफल गरिएको केन्द्रले जनाएको छ । 

बालबालिकामा देखिएको अज्ञात रोगको निगरानी बढाउने, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाहरूको क्षमता सुदृढ गर्ने र समुदायहरूमा सतर्कता कायम राख्ने जस्ता विषयमा छलफल भएको केन्द्रले उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप