बालबालिकामा देखिएको अज्ञात रोगको विषयमा छलफल
मङ्गलबार, १९ मङ्सिर २०८०, १६ : ३९
काठमाडौँ । पछिल्लो समय चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वास सम्बन्धी अज्ञात रोगको विषयमा नेपालमा छलफल भएको छ ।
विश्व स्वास्थ्य संगठन नेपालको प्राविधिक सहयोगमा स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो विषयमा छलफल गरेका हुन् ।
बालबालिकामा बढ्दो श्वासप्रश्वाससम्बन्धी रोगका घटनाहरूबारे सचेतनाको विषयमा छलफल गरिएको केन्द्रले जनाएको छ ।
बालबालिकामा देखिएको अज्ञात रोगको निगरानी बढाउने, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाहरूको क्षमता सुदृढ गर्ने र समुदायहरूमा सतर्कता कायम राख्ने जस्ता विषयमा छलफल भएको केन्द्रले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण