बीमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ : मुख्यमन्त्री चौधरी
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनुपर्ने अवस्था आएको बताएका छन् ।
विश्वसनीयता बढे मात्रै पनि यसको महत्त्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बीमामा गुमिरहेको विश्वास फर्काउनुपर्ने बताए । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बीमा प्राधिकरणबिचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताए ।
उनले कोरोनापछि बीमा कम्पनीको विश्वास गुम्दै गएको भन्दै अब विश्वसनीयता बढाउन सके प्रदेश सरकारले आवश्यकताअनुसार बीमाको नीति, नियम बनाउने बताए ।
कार्यक्रममा सहभागीले बीमा भुक्तानीमा समस्या र झन्झट हुने गरेकाले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका छन् । उनीहरुले कोरोना बीमाको रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासोसमेत गरेका थिए । त्यसै गरेर कृषिमा बाली बीमा गर्नुपर्ने, पूर्वाधारको बीमा गर्दा सहज हुनुपर्ने र जीवन बीमा भुक्तानीमा छिटोछरितो गरिनुपर्ने सुझाव दिएका छन् ।
प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की, स्वास्थ्यमन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, प्रमुख सचिव राधिका अर्याललगायतले कार्यक्रममा धारणा राखेका थिए । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल लगायतले उठेका विषयवस्तुमा प्रष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण