२४ घण्टासम्म बाढीमा फसे आमिर खान, उद्धारको फोटो भाइरल
चेन्नई । मिचौङ चक्रवातले भारतको दक्षिणी राज्यहरूमा विनाश जारी राखेको छ। तमिल अभिनेता विष्णु विशालसँगै बलिउड सुपरस्टार आमिर खान पनि चक्रवातका कारण चेन्नईमा आएको बाढीमा फसेका थिए । अहिले इन्टरनेटमा नयाँ तस्बिरहरू आएका छन् । जहाँ आमिर खान उद्धार डुङ्गामा देखिएका छन् । विष्णुले एक्समा केही तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।
तस्बिरमा विष्णु र आमिर खान उद्धार डुङ्गामा सँगै देखिएका छन् । उनीसँगै विष्णुकी पत्नी तथा ब्याडमिन्टन खेलाडी ज्वाला गुट्टा पनि छिन् । एक्समा तस्बिरहरू सेयर गर्दै विष्णुले लेखे, ‘हामी जस्ता फसेका मानिसहरूलाई मद्दत गरेकोमा उद्धार टोलीलाई धन्यवाद। करापाक्कममा उद्धार अभियान सुरु भएको छ। यस्तो कठिन समयमा तामिलनाडू सरकारले गरेको शानदार काम। निरन्तर काम गर्ने सबैलाई धन्यवाद।’
बाढीका कारण पानी र बिजुली बिना आमिर त्यहाँ २४ घण्टा फसेका थिए । अभिनेता विष्णु विशालले पनि बाढीका कारण आफ्नो घर डुबेको सामाजिक सञ्जालमा बताएका थिए । त्यसपछि सरकारले तत्काल उद्धार टोली पठाएको थियो । केही समयपछि विष्णु विशालले सामाजिक सञ्जालमा केही तस्बिर सेयर गर्दै आफूलाई सकुशल उद्धार गरिएको जानकारी दिए ।
हाल आमिर खान आफ्नी बिरामी आमा जीनत हुसैनको उपचारका लागि मुम्बईबाट चेन्नई गएका थिए । उनलाई केही महिनाअघि हृदयाघात भएको थियो । उनको चेन्नईमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण