बेलायतका पूर्वप्रधानमन्त्री जोनसनसँग सोधपुछ गरिने
बुधबार, २० मङ्सिर २०८०, १३ : ०५
लण्डन । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले कोभिड–१९ महामारीलाई कसरी सम्हाले भन्ने विषयमा दुई दिनसम्म सोधपुछ गरिने भएको छ । त्यहाँ उनले आफ्नो पक्षमा तर्क पनि दिनेछन् ।
सोधपुछमा जोनसनले माफी माग्ने र उनको सरकारले महामारीको समयमा गल्ती गरेको स्वीकार गर्ने अपेक्षा गरिएको छ। तर जोनसन निकटका स्रोतहरूले सोधपुछका क्रममा उनले सो बेला धेरै महत्त्वपूर्ण निर्णयहरू लिएकाले मानिसहरूको जीवन बचाएको तर्क राख्ने छन् ।
सोधपुछको क्रममा जोनसनका पूर्व सहकर्मीहरूले कोभिडको समयमा उनको कामको भारी आलोचना गरेका छन्। उनका पूर्व सञ्चार निर्देशक ली केनले महामारी जोनसनले महत्त्वपूर्ण निर्णयहरू गर्न ढिलाइ गरेको बताएका छन् ।
सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले जोनसन वैज्ञानिक डाटा बुझ्न असमर्थ रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण