बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका पूर्वप्रधानमन्त्री जोनसनसँग सोधपुछ गरिने

बुधबार, २० मङ्सिर २०८०, १३ : ०५
बुधबार, २० मङ्सिर २०८०

लण्डन । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले कोभिड–१९ महामारीलाई कसरी सम्हाले भन्ने विषयमा दुई दिनसम्म सोधपुछ गरिने भएको छ । त्यहाँ उनले आफ्नो पक्षमा तर्क पनि दिनेछन् ।

सोधपुछमा जोनसनले माफी माग्ने र उनको सरकारले महामारीको समयमा गल्ती गरेको स्वीकार गर्ने अपेक्षा गरिएको छ। तर जोनसन निकटका स्रोतहरूले सोधपुछका क्रममा उनले सो बेला धेरै महत्त्वपूर्ण निर्णयहरू लिएकाले मानिसहरूको जीवन बचाएको तर्क राख्ने छन् ।

सोधपुछको क्रममा जोनसनका पूर्व सहकर्मीहरूले कोभिडको समयमा उनको कामको भारी आलोचना गरेका छन्। उनका पूर्व सञ्चार निर्देशक ली केनले महामारी जोनसनले महत्त्वपूर्ण निर्णयहरू गर्न ढिलाइ गरेको बताएका छन् ।

सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले जोनसन वैज्ञानिक डाटा बुझ्न असमर्थ रहेको बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप