हलिउड छाडेर किन जाँदैछिन् एञ्जेलिना जोली ?
लस एञ्जलस । हलिउड अभिनेत्री एन्जेलिना जोलीले हलिउड र लस एञ्जलस (एलए) छाड्ने योजना बनाएकी छन् । हालै एउटा अन्तरवार्तामा जोलीले सही समय आएपछि कम्बोडिया बसाई सर्ने बताएकी थिइन् । एलए छाड्नुको कारण ब्राड पिटसँगको सम्बन्ध विच्छेद र कानूनी लडाई भएको उनले स्वीकार गरेकी छन् ।
‘म अभिनेत्री हुन्नथे भने यसरी सार्वजनिक भएर यति धेरै कुरा भन्दिनथे । म हलिउडकै वरिपरि हुर्केर बढेको हुँ, त्यसैले यसबाट धेरै प्रभावित भएकी छैन । मैले कहिले पनि यसलाई त्यति धेरै महत्वपूर्ण मानिन,’ जोलीले भनिन्,‘मेरो सम्बन्ध विच्छेदपछि जे भयो यो सबै त्यसकै हिस्सा हो । मैले स्वतन्त्र रुपमा रहने र यात्रा गर्ने क्षमता गुमाए । जतिबेला सम्भव हुन्छ म जान्छु ।’
एलए छाड्नुको कारण खुलाउँदै जोलीले भनिन् । हलिउडलाई उनले स्वस्थ ठाउँ नभएको पनि बताएकी छन् । अहिले आफ्नो कुनै सोसल लाइफ नभएको जोलीको भनाई छ ।
यसो भनिरहँदा उनले आफूले कसैलाई पनि डेट गरी नरहेको पुष्टि पनि गरेकी छन् । छोराछोरी नै आफ्नो साथी भएको पनि उनले बताइन् ।
‘छोरा छोरी नै मेरो अनि मेरो जीवनको सबैभन्दा नजिकको मान्छे र नजिकका साथी हुन्, हामी सातजना फरक मान्छे, एक अर्काको ताकत हौं,’ जोलीले भनिन् । ब्राड पिटसँग जोलीका ६ छोराछोरी छन् । ब्राडसँगको सम्बन्ध विच्छेदले छोराछोरीलाई पनि असर पुर्याएको जोलीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण