शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचकमा ३ अंकको वृद्धि, १ अर्ब १४ करोडको कारोबार

बुधबार, २० मङ्सिर २०८०, १५ : १५
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १० अंकले घटेको नेप्से सूचक आज ३.३३ अंकले बढ्दै १८ सय ४१.०४ अंकमा उक्लिएको हो । 

तथापि, अघिल्लो दिनको तुलनामा आज कारोबार भने घटेको छ । ३.३३ अंकले नेप्से सूचक बढेको यस दिन १ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको ३७ लाख ५५ हजार कित्ता सेयर कारोबार भएको छ । 

अघिल्लो दिन १० अंकले नेप्से घटेको बजारमा १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बराबरको ४६ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको थियो । 

आज बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र म्यानु एण्ड प्रो समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी डेभलपमेन्ट बैंक, इन्भेष्टमेन्ट, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, निजीवन बीमा, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् । 

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ भने सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप