राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित
बुधबार, २० मङ्सिर २०८०, १५ : १८
काठमाडौँ । राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित हुने सहमति भएको छ । देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ आनन्द शर्मा नेतृत्वको राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित हुने सहमति पत्रमा बुधवार हस्ताक्षर भएको हो ।
५ बुँदे सहमति पत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय जनता दल नेपालका अध्यक्ष आनन्द शर्माले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र तथा सर्व धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको स्थापनाको निम्ति आगामी दिनमा सशक्तरुपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण