मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विकिपिडियामा सबैभन्दा धेरै हेरिएको पेजमा च्याटजिपिटी पहिलो, भारतको प्रभाव बढ्दै

बुधबार, २० मङ्सिर २०८०, १५ : ४३
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । सन् २०२३ मा विकिपिडियामा सर्वाधिक हेरिएका पेजहरूको सूची सार्वजनिक गरिएको छ । यसले मानिसहरूको चासो आर्टिफिसियल इन्टिलिजेन्स र मृत्यु भएका मानिसहरूमा बढी रहेको र वेबसाइटको ट्रेन्डमा भारतीय प्रयोगकर्ताहरूको बढ्दो प्रभावलाई देखाएको छ ।

विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको विकिपिडिया सन् २०२३ मा हालसम्म ८४ अर्ब प्रयोगकर्ताले हेरेका छन् । यसमा ओपन एआईले निर्माण गरेको भर्चुअल च्याटबट च्याटजिपीटीबारेको पेज सबैभन्दा बढी हेरिएको थियो । ४.९४ करोड प्रयोगकर्ताहरूले यो पेज हेरेका छन् ।

यो सूचीको शीर्ष पाँच स्थानमा सन् २०२३ मा मृत्यु भएका व्यक्तिहरूको जीवनी, २०२३ विश्वकप क्रिकेट, इन्डियन प्रिमियर लिग र चलचित्र ओपनहाइमर रहेका छन् । क्रिकेट सम्बन्धी पेज विकिपिडियाको शीर्ष २५ को सूचीमा समावेश गरिएको यो पटक हो । सन् २०१५ देखि विकिपिडियाले हरेक वर्ष यो सूची प्रकाशित गर्दै आइरहेको छ ।

यस सूचीमा भारतीय चलचित्र जवान र पठान पनि परेका छन् । त्यस्तै हलिउड चलचित्र बार्बी र अवतार ः द वे अफ वाटर पनि यो सूचीमा समावेश भएका छन् । चलचित्र ओपनहाइमरले २.८ करोड पेज भ्यूज पाउँदा जे. रोबर्ट ओपनहाइमरबारेको पेजले २.५६ करोड पेज भ्युज पाएको थियो । बार्बी चलचित्र बारेको पेजलाई १.८ करोड पटक हेरिएको थियो ।

यो सूचीमा टेलर स्वीफ्ट, इलोन मस्क, क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी जस्ता व्यक्तित्व बारेको पेज पनि रहेका छन् । त्यस्तै, रुस युक्रेन युद्धबारेको पेज पनि शीर्ष २५ को सूचीमा परेका छन् । विवादास्पद इन्फ्लुएन्सर एन्ड्रयू टेट पनि यो सूचीको अन्तिममा समावेश भएका छन् ।

यस्तो छ सूची:

१. च्याटजिपिटी (४.९ करोड पटक हेरिएको)

२. सन् २०२३ मा मृत्यु भएका (४.२ करोड पटक हेरिएको)

३. २०२३ क्रिकेट विश्वकप (३.८ करोड पटक हेरिएको)

४. इन्डियन प्रिमियर लिग (३.२ करोड पटक हेरिएको)

५. ओपनहाइमर, चलचित्र (२.८ करोड पटक हेरिएको)

६. क्रिकेट विश्वकप (२.५९ करोड पटक हेरिएको)

७. जे. रोबर्ट ओपनहाइमर (२.५६ करोड पटक हेरिएको)

८. जवान, चलचित्र (२.१ करोड पटक हेरिएको)

९. २०२३ इन्डियन प्रिमियर लिग (२.० करोड पटक हेरिएको)

१०. पठान, चलचित्र (१.९९ करोड पटक हेरिएको)

११. द लास्ट अफ अस, टीभी सिरिज (१.९७ करोड पटक हेरिएको)

१२. टेलर स्वीफ्ट (१.९४ करोड पटक हेरिएको)

१३. बार्बी, चलचित्र (१.८ करोड पटक हेरिएको)

१४. क्रिस्टियानो रोनाल्डो (१.७ करोड पटक हेरिएको)

१५. लियोनेल मेस्सी (१.६६ करोड पटक हेरिएको)

१६. प्रिमियर लिग (१.६६ करोड पटक हेरिएको)

१७. म्याथ्यु पेरी (१.६४ करोड पटक हेरिएको)

१८. अमेरिका (१.६२ करोड पटक हेरिएको)

१९. इलोन मस्क (१.४३ करोड पटक हेरिएको)

२०. अवतार : द वे अफ वाटर (१.४३ करोड पटक हेरिएको)

२१. इन्डिया (१.३८ करोड पटक हेरिएको)

२२. लिसा मेरी प्रेस्ली (१.३७ करोड पटक हेरिएको)

२३. गार्जियन अफ द ग्यालेक्सी भोल्युम ३, चलचित्र (१.३३ करोड पटक हेरिएको)

२४. रुस युक्रेन युद्ध (१.२७ करोड पटक हेरिएको)

२५. एन्ड्रयू टेट (१.२७ करोड पटक हेरिएको)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप