करण चौधरीद्वारा नाडाको अध्यक्षमा उम्मेदवारीको घोषणा

काठमाडौँ । व्यवसायी करण चौधरीले नाडाको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी चौधरीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
अटोमोबाइल व्यवसायीहरुको ५ दशक पुरानो छाता संगठन नाडाको ४७औं वार्षिक साधारण सभा सहितको अधिवेशन आउँदो पुस २० र २१ गते काठमाडौँमा हुँदैछ ।
व्यवसायी चौधरीले सीजी होल्डिङ्सकातर्फबाट आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् । त्यसो त यसअघिको निर्वाचनमा चौधरी नाडाको वर्तमान अध्यक्ष ध्रुव थापासँग पराजय व्यहोरेका थिए ।
नाडाको आसन्न निर्वाचनमा सहमतिको सम्भावना कम देखिएकाले आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । धेरै अटोमोबाइल व्यवसायीहरुको आफूलाई साथ र सर्पोट रहेको समेत चौधरीले दाबी गरेका छन् ।
यता नाडाको चुनावी सर्गमी बढेसँगै अर्का व्यवसायी प्रकाश कपुरीले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
यस्तै, कपुरी र चौधरीसँग भिड्न गोल्छा अर्गनाइजेशनबाट जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले समेत अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
फोर्स गाडीको बिक्रेता रहेका गोल्छालाई नाडाका वर्तमान अध्यक्ष ध्रुव थापाको समेत समर्थन रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेपालको लगातार दोस्रो जित, नेदरल्याण्ड्स ६ विकेटले पराजित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु