करण चौधरीद्वारा नाडाको अध्यक्षमा उम्मेदवारीको घोषणा
काठमाडौँ । व्यवसायी करण चौधरीले नाडाको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी चौधरीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
अटोमोबाइल व्यवसायीहरुको ५ दशक पुरानो छाता संगठन नाडाको ४७औं वार्षिक साधारण सभा सहितको अधिवेशन आउँदो पुस २० र २१ गते काठमाडौँमा हुँदैछ ।
व्यवसायी चौधरीले सीजी होल्डिङ्सकातर्फबाट आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् । त्यसो त यसअघिको निर्वाचनमा चौधरी नाडाको वर्तमान अध्यक्ष ध्रुव थापासँग पराजय व्यहोरेका थिए ।
नाडाको आसन्न निर्वाचनमा सहमतिको सम्भावना कम देखिएकाले आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । धेरै अटोमोबाइल व्यवसायीहरुको आफूलाई साथ र सर्पोट रहेको समेत चौधरीले दाबी गरेका छन् ।
यता नाडाको चुनावी सर्गमी बढेसँगै अर्का व्यवसायी प्रकाश कपुरीले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
यस्तै, कपुरी र चौधरीसँग भिड्न गोल्छा अर्गनाइजेशनबाट जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले समेत अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
फोर्स गाडीको बिक्रेता रहेका गोल्छालाई नाडाका वर्तमान अध्यक्ष ध्रुव थापाको समेत समर्थन रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण