सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबिच साझेदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिम्याट) बिच साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
बुधवार सिंहदरबारमा नेपालमा कृषि क्षेत्रको उत्पादन वृद्धि र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे एक दशक लामो समझदारी पत्रमा हस्ताक्षर भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा र सिम्याटका तर्फबाट ब्राम गोभाट्सले मन्त्रालयमा हस्ताक्षर गरे ।
यसले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पु¥याउने बताइएको छ । समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने साझेदारी पत्रमा उल्लेख छ ।
यो समझदारीले लामो समयदेखिको यी निकायहरूको सम्बन्धलाई थप सुदृढ र बिस्तार गर्ने विश्वास लिइएको छ । समझदारीले नेपालको कृषि विकास रणनीति (सन् २०१५–२०३५) मा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण