शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सतुंगलमा भन्सार छलेर ल्याएको १८ हजार ८५० केजी चिनी बरामद

बुधबार, २० मङ्सिर २०८०, १८ : २२
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँको सतुंगलमा भन्सार छलेर ल्याएको चिनी फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध तवरबाट आएको भेटिएपछि १८ हजार ८५० केजी चिनी राखेको गोदाम सिल गरेको छ ।

गोदाम सिल गरेर आयातकर्तालाई झिकाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले रातोपाटीलाई बताए ।

सो चिनी जय माँ दुर्गा इन्टरप्राइजेजले आयात गरेको हो । आयातकर्ताले बुझाएको प्रज्ञापनपत्र र बोरामा उल्लेखित विवरण म्याच नभएको निर्देशक पोखरेलले बताए । उनले भने–‘३१७ बोरा चिनी सिल गरेर थप छानबिन गरिरहेका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप