सतुंगलमा भन्सार छलेर ल्याएको १८ हजार ८५० केजी चिनी बरामद
बुधबार, २० मङ्सिर २०८०, १८ : २२
काठमाडौँ । काठमाडौँको सतुंगलमा भन्सार छलेर ल्याएको चिनी फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध तवरबाट आएको भेटिएपछि १८ हजार ८५० केजी चिनी राखेको गोदाम सिल गरेको छ ।
गोदाम सिल गरेर आयातकर्तालाई झिकाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले रातोपाटीलाई बताए ।
सो चिनी जय माँ दुर्गा इन्टरप्राइजेजले आयात गरेको हो । आयातकर्ताले बुझाएको प्रज्ञापनपत्र र बोरामा उल्लेखित विवरण म्याच नभएको निर्देशक पोखरेलले बताए । उनले भने–‘३१७ बोरा चिनी सिल गरेर थप छानबिन गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण