शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा ११ लाख बराबरको चिनीसहित गाडी नियन्त्रणमा

बुधबार, २० मङ्सिर २०८०, २१ : ५६
बुधबार, २० मङ्सिर २०८०

बुटवल । रुपन्देही प्रहरीले अवैध चिनीसहित बोलेरो पीकअप भ्यानलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–५ स्थित पर्सहवाबाट बुधवार ५६ बोरा चिनीसहित गाडी नियन्त्रणमा लिएको हो । 

बुटवल उपमहानगरपालिका–२ का ३२ वर्षीय ईश्वर भुसालले चलाएको लु २ च २४ नम्बरको पीकअपमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याइएको चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्टले चिनी र गाडीसहित अन्दाजी मूल्य रु ११ लाख ८२ हजारको रहेको बताए ।  प्रहरीले सो गाडीमा सवार बुटवल–१३ का २० वर्षीय अर्जुन कुँवरलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका मानिस, बरामद चिनी र गाडी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको भट्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप