मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी वैदेशिक रोजगार बोर्डले निकाल्यो यस्तो सूचना
बिहीबार, २१ मङ्सिर २०८०, ०८ : २७
काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषको निक्षेप अवधि आगामी पुस १ गतेदेखि समाप्त हुने विभिन्न बैङ्कको मुद्दती खातामा रहेको निक्षेप रकम पुनः लगानी गर्ने भएको छ ।
निक्षेपमा रहेको १२० करोड १ वर्षको लागि पुनः लगानी गरिने भएकोले नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त क वर्गका वाणिज्य बैङ्कहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गर्ने ब्याजदर लगायत अन्य विवरण सहित सिलबन्दी दरभाउ पत्र प्रस्ताव पेश गर्न सचिवालयले आग्रह गरेको छ ।
सचिवालयले मङ्सिर २८ गतेभित्र प्रस्ताव पेश गर्न समय तोकेको छ । पेश हुन आएका सिलबन्दी प्रस्तावहरू सोही दिनको १२:३० बजे खोलिने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण