रियल म्याड्रिडले एमबाप्पेलाई दियो जनवरी १५ सम्मको समय
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेलाई क्लबमा भित्राउन फेरि चासो देखाएको छ । हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध रहेका यी फ्रान्सेली खेलाडीलाई क्लबमा आउन रियल म्याड्रिडले जनवरी १५ तारिखसम्मको समय दिएको छ ।
रियल म्याड्रिडले यसअघि पनि २४ वर्षीय एमबाप्पेलाई भित्राउन चाहेको थियो । पीएसजीसँगको एमबाप्पेको सम्झौता आगामी ‘समर’ मा सकिँदै छ । समाचारमा जनाइए अनुसार, त्यसअघि नै रियल म्याड्रिड एमबाप्पेबाट स्पष्ट प्रतिबद्धता चाहन्छ ।
अर्कोतिर, पीएसजी पनि एमबाप्पेलाई क्लबमै राख्न चाहन्छ । पीएसजीले एमबाप्पेलाई सम्झौता नविकरणका लागि प्रस्ताव पनि राखिसकेको छ । तर, एमबाप्पे भने पीएसजी छाड्न चाहन्छन् । एमबाप्पे सन् २०१७ देखि लगातार पीएसजीबाट खेलिरहेका छन् ।
आगामी जनवरी १५ तारिखसम्म एमबाप्पेले कुनै जवाफ नदिए रियल म्याड्रिड म्यानचेस्टर सिटीका २३ वर्षीय नर्वेजियन स्ट्राइकर अर्लिङ हल्यान्डलाई भित्राउने अभियानमा लाग्नेछ । एमबाप्पेले यो सिजन पीएसजीका लागि १५ गोल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण