सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘जिगर’ मा एक्सन भूमिकामा देखिँदै आलिया

बिहीबार, २१ मङ्सिर २०८०, ११ : ०७
बिहीबार, २१ मङ्सिर २०८०

मुम्बई । कोरोनापछि बलिउडमा एक्सन फिल्मले राम्रो ब्यवसाय गरेको छ । पहिले ‘पठान’, त्यसपछि ‘गदर २’, ‘जवान’ र अहिले ‘एनिमल’ ले पनि राम्रो व्यवसाय गरेको छ । यी सबै फिल्ममा अभिनेताको एक्सन रहेको थियो ।

अभिनेताको एक्सन सफलतापछि अब फिल्म मेकर अभिनेत्रीको एक्सन फिल्म निर्माणमा जुटेका छन् । नयाँ बर्ष अर्थात २०२४ को सुरुवातमै अभिनेत्री आलिया भट्ट एक्सन फिल्ममा देखिनेछिन् । भट्टले यो वर्ष दुई एक्सन फिल्म दिने चर्चा छ ।

Capture

दुई मध्ये पहिलो फिल्म धर्मा प्रोडक्सनको ‘जिगर’ रहेको छ, भने दोस्रो यशराजको अनटाइटल प्रोजेट रहेको छ । फिल्म ‘जिगर’ को बिषयमा अहिले केही जानकारी पनि आएको छ । 

समाचारका अनुसार फिल्ममा आलियाको भूमिका केही पनि रोमान्टिक एङ्गल नभएको बताइन्छ । फिल्ममा उनी आफ्नो भाइको रक्षामा उत्रिनेछिन् । आलियाको भाइको भूमिकामा वेदान्ग रैना रहेका छन् ।

वेदान्ग यसको अलवा नेटफ्लिक्सको फिल्म ‘द आर्चीज’ मा देखिनेछन् । फिल्ममा मनोज पाहवाको पनि अभिनय रहनेछ । मनोज आलियाको बुबाको भूमिकामा देखिनेछन् । फिल्मको कथा मर्डर मिस्ट्रीसँग जोडिएर निर्माण भएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप