सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने अभियुक्त पक्राउ

बिहीबार, २१ मङ्सिर २०८०, १६ : १७
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक अभियुक्तलाई पक्राउ गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले चितवन रत्ननगर नगरपालिका घर भई हाल  काठमाडौँ बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

महतोमाथि एक महिलालाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लागेको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा अनुसन्धान भैरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जानकारी दिएको छ ।

उनीमाथि काठमाडौँ जिल्ला अदालतको मंसिर २१ गतेको आदेशले ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको ब्युरोले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप