कांग्रेसले कम्युनिस्टसँग गठबन्धन गर्दै जाँदा अस्तित्व समाप्त हुन्छ : नेता कोइराला
शुक्रबार, २२ मङ्सिर २०८०, १५ : ५८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले कम्युनिस्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरुसँगै गठबन्धन गर्नुपर्ने बताए । उनले कम्युनिस्ट पार्टीहरुसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताए ।
नेता कोइराला देश परिवर्तन गर्नु छ भने कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले गठबन्धन पनि निर्वाचन पछि गर्ने कि अगाडि गर्ने भन्नेकुरामा सोच्न जरुरी रहेको बताए ।
नेता कोइरालाले अहिले मानिसहरु लोकरिझाईंमा बढी केन्द्रित हुने थरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण