शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले कम्युनिस्टसँग गठबन्धन गर्दै जाँदा अस्तित्व समाप्त हुन्छ : नेता कोइराला

शुक्रबार, २२ मङ्सिर २०८०, १५ : ५८
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  कांग्रेसले कम्युनिस्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताएका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरुसँगै गठबन्धन गर्नुपर्ने बताए । उनले कम्युनिस्ट पार्टीहरुसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताए । 

नेता कोइराला देश परिवर्तन गर्नु छ भने कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले गठबन्धन पनि निर्वाचन पछि गर्ने कि अगाडि गर्ने भन्नेकुरामा सोच्न जरुरी रहेको बताए ।

नेता कोइरालाले अहिले मानिसहरु लोकरिझाईंमा बढी केन्द्रित हुने थरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप