पक्राउ परे पुष्पाका अभिनेता
हैदराबाद । पुष्पा फिल्ममा अल्लु अर्जुनको मिल्ने साथीको भूमिकामा देखिएका अभिनेता जगदीश प्रताप भंडारीलाई प्रहरीले समातेको छ । जुनिएर आर्टिष्टलाई उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
हैदराबादको पंजागुट्टा प्रहरी थानाका प्रहरीले १४ दिनका लागि उनलाई रिमान्डमा लिएका छन् । जगदीशमाथि एक जुनियर आर्टिष्टको निजी फोटो खिचेर राखेको अनि फोटो देखाएर धम्काएको आरोप छ । उत्पीडन सहन नसकेर ती जुनिएर आर्टिष्टले नोभेम्बर २९ मा आत्म हत्या गरेकी थिइन् ।
जगदीश हालैका दिनमा पुष्पा–२ को शूटिङमा व्यस्त थिए । फिल्मको दोस्रो पार्टमा पनि उनको ठूलै रोल छ । फिल्ममा उनी देखिन्छन् कि उनको रोल अरु कुनै अभिनेताले गर्छन् भन्ने प्रश्न यतिबेला उठेको छ ।
यस मामिलामा जगदीशको टोलीले कुनै प्रतिक्रिया दिएको छैन । आत्महत्या गर्ने युवति जगदीशको गर्लफ्रेन्ड भएको बताइएको छ । यस मामिलामा प्रहरीले छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण