सामाजिक सञ्जालमा हावी ‘एनिमल’ की तृप्ति डिमरी, बनिन् ‘नेशनल क्रस’
मुम्बई । चलचित्र ‘एनिमल’ मा जोयाको भूमिका निर्वाह गरेकी अभिनेत्री तृप्ति डिमरी यतिबेला चर्चामा छिन् । एनिमलमा काम गरेपछि तृप्तिको फ्यान फलोइङ निकै बढेको छ ।
फिल्म रिलिज हुनुअघि इन्स्टाग्राममा उनका ७ लाख ११ हजार फलोअर्स थिए । जहाँ फिल्म रिलिज भएको सात दिनमै उनका फलोअर्सको सङ्ख्या २९ लाख पुगेको छ । यसबाहेक सामाजिक सञ्जालमा तृप्तिलाई ‘नेशनल क्रस’को नाम दिइएको छ ।
रणवीर र तृप्तिबिचको एउटा दृश्यको निकै चर्चा भइरहेको छ जसमा रणवीरले अभिनेत्रीलाई ‘मेरो जुत्ता चाट’ भनेका छन् । यो दृश्यको चर्को आलोचना पनि भइरहेको छ ।

फिल्म एनिमलमा तृप्तिले सानो भूमिका निभाएकी छिन् । यसका बाबजुद पनि उनले यसबाट निकै चर्चा कमाएकी छन् । एनिमलमा अभिनेत्री र रणवीरबिच केही अन्तरङ्ग दृश्य देखाइएको छ ।
तृप्तिले कमेडी फिल्म 'पोस्टर ब्वाईज' (२०१७) बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् र रोमान्टिक ड्रामा 'लैला मजनु' (२०१८) मा उनको पहिलो मुख्य भूमिका थियो। तृप्तिले अन्विता दत्तको बुलबुल (२०२०) र काला (२०२२) मा उनको अभिनयको लागि प्रशंसा पाएकी थिइन्।
अहिले उनले एक्सन फिल्म एनिमलमा सहायक भूमिका खेलेर दर्शकको ध्यान खिचेकी छन् । यस फिल्ममा रणवीरका अलावा रश्मिका मन्दना, बबी देओल र अनिल कपूर पनि मुख्य भूमिकामा छन् । उनले विक्की कौशलसँग आगामी प्रोजेक्टहरूमा काम गरिरहेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण