बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

‘अभिनय सोचेजस्तो सजिलो विषय होइन रहेछ’

शनिबार, २३ मङ्सिर २०८०, १४ : ४८
शनिबार, २३ मङ्सिर २०८०

अभिनेत्री सिमोन गिरीको ‘दुई कदम’ डेब्यु फिल्म हो । केही फोटोसुट अनुभव भएकी सिमोनले अडिसन मार्फत फिल्म अभिनय अवसर पाएकी हुन् । पहिलो फिल्ममै मुख्य भूमिका पाएकोमा उनी निकै खुसी छन् । फिल्मको व्यवसाय र अभिनयको प्रतिक्रिया कस्तो हुने हो भन्ने डर पनि छ उनका । त्यसैले, फिल्म सफल बनाउन उनी प्रचारप्रसारमा जोडतोडले लागि परेकी छन् ।

‘दुई कदम’ मङ्सिर २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा उनको अलवा इओन लिम्बु, गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रीतिका शर्मा लगायत कलाकारको अभिनय छ ।

फिल्मले पारिवारिक र युवाहरूको कथा उठाएकोले सबैको मन छुने उनी बताउँछिन् । अभिनयमै करियर बनाउने सोच सहित फिल्ममा होमिएकी नवअभिनेत्री गिरीलाई रातोपाटीको १५ प्रश्नः

1

  • ‘दुई कदम’को अफर कसरी मिल्यो ?

– मेरो अभिनयमा आउने सानैदेखि रहर थियो । अभिनय आउनकै लागि विभिन्न फोटोसुट समेत गरेको थिएँ । त्यही सिलसिलामा फिल्म ‘दुई कदम’का लागि अडिसन मार्फत कलाकार छनौट भएको थाहा पाए । मैले पनि फिल्मका लागि कलाकारको रूपमा अडिसन दिएँ । अडिसनबाट म मुख्य भूमिकामा छानिए ।

अभिनयमा डेब्यु नै मुख्य भूमिकामा मिल्यो ?

– यो मामलामा म आफूलाई एकदमै भाग्यमानी ठान्छु । अभिनयमा आउनका लागि कतिपयले ठुलो संघर्ष गर्नु परेको छ । कतिले धेरै मिहिनेत गर्दा पनि अवसर पाएको छैनन् । 

  • मुख्य भूमिकामा छानिदा के–कस्ता चुनौती देख्नुभयो ?

– सानैदेखि मलाई क्यामरा फेस गर्न डर लाग्दैन थियो । किनभने म फोटोसुटहरु गरिरहन्थे । फिल्म अभिनयमा छानिदा के होला, कस्तो होला भन्ने थियो । तर निर्माण युनिटले फिल्म फ्लोरमा जानुपुर्व केही समय वर्कसप राख्नुभयो । त्यसले गर्दा निर्माण टिमसँग घुलमिल गर्न, अभिनय गर्न सजिलो भयो ।

352755774_185240391172271_6485546292793655601_n

  • पहिलो फिल्ममा मुख्य भूमिका अवसर कि चुनौती ?

– पहिलो फिल्ममै मुख्य भूमिका मेरो लागि यो ठुलो अवसर हो नै एक किसिमले हेर्दा ठुलो चुनौती हो । अभिनय सोचेजस्तो सजिलो विषय होइन रहेछ । पर्दा पछाडि बसेर हेर्दा जति सजिलो लाग्थ्यो । तर आफू त्यसमा परेपछि गर्न गाह्रो रहेछ । 

  • फिल्म प्रदर्शनमा आउँदैछ, कस्तो महसुस भइरहेको छ ?

– यो मेरो डेब्यु फिल्म हो । आफ्नो अभिनयको पहिलो फिल्म हलमा लाग्दै गर्दा एकदमै खुसी मिल्दो रहेछ । भित्रभित्रै डर पनि छ । फिल्मको व्यवसाय के होला, दर्शकले मेरो अभिनयलाई कसरी लिन्छन् भनेर । अभिनय गर्दा राम्रै भएकोले यसको रिजल्ट पनि राम्रो आउँछ भन्ने आस गरेकी छु । साथीभाइ, आफन्तको प्रतिक्रिया पनि राम्रो मिलेको छ । फिल्मको प्रचारप्रसार पनि राम्रो भएको पाएकी छु । मैले आफ्नो तर्फबाट सक्दो गरेको छु । पुरै टिम पनि प्रचार प्रसारमा लागि रहेका छन् । 

  • कस्तो भूमिकामा देख्न सकिन्छ ?

– फिल्मले अहिलेको युवाहरूको कथा उठाएको छ । साथसाथै लिम्बुको कला संस्कृति पनि देखाउन खोजेको छ ।  फिल्मले प्रेमकथा देखाएको छ । म मुख्य पात्र (हिरो) इओन लिम्बुको प्रेमीको भूमिकामा छु । दुवैको प्रेममा आउने विभिन्न उतारचढावमा फिल्म बग्छ । पारिवारिक कथा पनि छ ।

  • अभिनयमा किन ?

– सानैदेखि अभिनयमा रुचि थियो । नाच्ने, गाउने सानैदेखि गर्थे । ठुलो भएपछि अभिनयमा जान्छु भन्ने सोच थियो । त्यसैले फिल्महरू पनि धेरै हेर्दै आएकी छु । अहिले अभिनय गर्ने संयोग मिल्यो भनौँ न ।

  • अभिनय रहर पुग्यो कि, अझै गर्ने ?

– भर्खर अभिनयमा होमिएकी छु । केको रहर पुग्थ्यो । अभिनयमै करियर बनाउने सोच छ । बिस्तारे गर्दै जाँदा केही हुन्छ भन्ने आस पनि छ । 

  • अभिनयमा करियर बनाउन सकिन्छ त ?

– सकिन्छ, किन नसक्नु । त्यसका लागि मिहिनेत र लगन चाहिन्छ । आफूमा आत्मविश्वास हुनुपर्‍यो । मेरो पनि यो क्षेत्रमा चर्चित नायिका बन्ने उद्देश्य छ ।

  • फेसनमा पनि रुचि पक्कै होला ?

– एकदमै रुचि छ । अभिनय भनेको ग्ल्यामर फिल्ड हो । यो फिल्डमा आएपछि फेसनमा रुचि राख्नु पनि पर्छ । फेसनमा यो राम्रो लाग्छ भन्ने छैन । आवश्यक परे सबै खालको फेसन गर्न आपत्ति छैन । मलाई जुनै फेसन पनि सुहाउँछ ।

  • अभिनय बाहेक रुचिको विषय ?

– ट्राभलमा रुचि छ । नयाँ नयाँ ठाउँ हेर्न, घुम्न धेरै मन पर्छ । पहिले नेपालको सबै ठाउँ घुम्छु । त्यसपछि देश विदेश गर्ने सोच छ ।

404669790_17892584714940367_1926941344820172983_n

  • तत्काल स्क्रिन शेयर गर्न मन लागेका हिरो ?

– यही भन्ने छैन । अहिले चलेका जति पनि हिरो छन् सबैसँग एक एक गरेर अभिनय अनुभव लिन मन छ ।

  • रिल जीवनमा प्रेमिका हुनुभयो, रियलमा प्रेम छ कि छैन ?

– अहिले म सानै छु । यो मेरो प्रेममा रमाउने बेला होइन । त्यसैले प्रेममा छैन । अहिले आफ्नो करियरमा फोकस छु ।

  • जीवन साथी विषयमा केही छ कि ?

– यो विषयमा पनि अहिले केही सोचेकी छैन । पहिले अभिनयमा करियर बनाउँछु । अध्ययन पनि सकाउँछु । त्यसपछि यो विषयमा सोच्छु । 

  • अहिलेसम्मको बुझाइमा अभिनय के रहेछ ?

– अभिनय एउटा भोगाइ हो । आफू फरक व्यक्ति भए पनि अभिनयमार्फत फरक चरित्रको अनुभव गर्न पाइँदो रहेछ । त्यो नै अभिनयको राम्रो पक्ष लाग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप