मुख्यमन्त्री कार्कीद्वारा बुधबारे सडकको शिलान्यास
सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९ दशमलव ६० किमी लम्बाइको मोरङ लेटाङ–६ नं बुधबारे सडकको शिलान्यास गरेका छन् । पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडकको शिलान्यास गरेका हुन् ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबीसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले शिलान्यास समारोहमा बताए ।
उनले सडक निर्माणपछि यस भेगका कृषि उत्पादन बजारसम्म पुर्याउनका साथै उत्पादनमा लाग्ने साधन स्रोतलाई किसानसम्म पुर्याउनका लागि महत्त्वपूर्ण हुने उल्लेख गरे । अब अन्य आयोजनाको छनोट गरेर आवश्यकता आधारमा निर्माण हुने जनाउँदै मुख्यमन्त्री कार्कीले सुनिश्चिततासहित योजना छनोट हुने बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले समयमै निमाणकार्य सकेर जनतालाई सेवा दिनुपर्नेमा जोड दिएका छन् । सो सडकको सन्तोषी–जोया एण्ड ब्रोदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी रु ८७ करोड तीन लाख ५३ हजार २७ मा ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायीका सञ्चालक भीम पौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण