आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महानगर प्रहरीले हटायो महाराजगञ्ज भाटभटेनीबाट प्लास्टिकको ‘क्रिसमस ट्री’

शनिबार, २३ मङ्सिर २०८०, १६ : ४८
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले काठमाडौँको महाराजगञ्जमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि राखिएको प्लास्टिकको क्रिसमस ट्र हटाएको छ ।

प्लास्टिकबाट बनेका फूलका माला, रुख, लगायतका सामग्री प्रयोगमा निषेध गर्ने महानगरपालिकाको नीति अनुसार शनिवार महानगर प्रहरी बलले सो सुपरमार्केटमा पुगेर प्लास्टिकको रुख हटाएको सई राजेन्द्र गजुरेलले जानकारी दिए  ।

यस्तै महानगरपालिका भित्रका अन्य स्थानहरूमा त्यस्ता सामग्री राखिएकोबारे बुझ्नका लागि नगर प्रहरीले अनुगमनको काम पनि गरिरहेको उनले बताए । शुक्रबार नगर प्रहरी बलले अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट, सिटी सेन्टर लगायतका ठुला सपिङ मलमा सजाइएका प्लास्टिकको रुख हटाएको थियो ।

सई गजुरेलले रातोपाटीसँग भने–‘हामीले प्लास्टिकका रुख मात्र हटाएका हौँ, क्रिसमस ट्री हटाएको होइन । प्लास्टिकबाट बनाएका माला, रुख लगायतका सामग्री प्रयोगमा निषेध गर्ने महानगरपालिकाको नीति अनुसार त्यस्ता सामग्री हटाएका हौँ । सबैभन्दा पहिला हामी त्यस्ता सामग्री राख्ने व्यक्तिलाई नै हटाउन अनुरोध गर्छौँ । उहाँहरूले नहटाएमा मात्रै हामीले हटाउने गरेका छौँ ।’

महानगरपालिकाले गएको तिहारमा पनि प्लास्टिकबाट बनेका फूलका माला बिक्री वितरणमा रोक लगाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप