सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बेबी प्लानसहित अमेरिका उडिन् रेखा थापा

शनिबार, २३ मङ्सिर २०८०, २१ : १३
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । अभिनेत्री रेखा थापा अमेरिका उडेकी छन् । पति बलराम शाहीसहित उनी अमेरिका उडेकी हुन् । अभिनेत्री थापा सन्तान जन्माउने योजनासहित अमेरिका पुगेकी हुन् ।

बुधबार अमेरिका उड्नुअघि थापा दम्पतीले प्रेगनेन्सी फोटोसुट समेत गरेका थिए । रेखाका श्रीमान बलराम शाही अमेरिकामा बसोबास गर्दै आएका छन् । शनिबार बिहान अभिनेत्री थापाले श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्बिर पोस्ट गरेकी छन् ।

५ महिना अमेरिका बस्ने योजना बनाएकी रेखालाई चिकित्सकले माघको डेलिभरी डेट दिएका छन् । रेखाले अमेरिकाबाटै आफ्नो फिल्म ‘उपहार’ को भर्चुअल माध्यमबाटै प्रचार गर्ने तयारी गरेकी छन् । ‘उपहार’को रिलिजको समयमा उनी अमेरिकामै हुनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप