सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्लिस प्रिमियर लिगः लिभरपुल शीर्षस्थानमा

आइतबार, २४ मङ्सिर २०८०, ०८ : ३१
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ ।  इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । 

गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हरायो । जितसँगै ३७ अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

मोहमद सलाहले खेलको ७६औँ मिनेटमा र हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै लिभरपुललाई जिताए ।

सलाह लिभरपुलका लागि २ सय गोल पूरा गर्ने पाँचौँ खेलाडी पनि बनेका छन् । क्रिस्टल प्यालेसले खेलमा सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

जोर्डन अय्युले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि क्रिस्टल प्यालेस ७५औँ मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप