आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

के पोलिटिक्समा जान्छिन् त परिणीति चोपडा ?

आइतबार, २४ मङ्सिर २०८०, १७ : ५८
आइतबार, २४ मङ्सिर २०८०

नयाँ दिल्ली । बलिउड अभिनेत्री परिणीति चोपडाले आम आदमी पार्टीका नेता तथा सांसद राघव चड्डासँग बिहे गरेकी छिन् । गएको सेप्टेम्बर २४ मा यी दुईको बिहे भएको थियो । बिहेपछि परिणीतिको ‘मिशन रानीगञ्जः द ग्रेट भारत रेस्क्यु’ रिलिज भयो । तर यो फिल्म बक्स अफिसमा नराम्ररी फ्लप भयो ।

बिहेपछि परिणीतिको फिल्मी करियरमाथि प्रश्न उठ्न सुरु भएको छ । केहीले उनले अब खेल्नै छाड्ने पनि बताइरहेका छन् । विगत केही समयदेखि उनी राजनीतिमा जाने हो कि भन्ने अफवाह पनि सुन्नमा आएको थियो । यस मामिलामा परिणीतिले अब भने मुख खोलेकी छिन् ।

एउटा कार्यक्रममा परिणीतिलाई उनी राजनीतिमा जान इच्छुक छिन् ? भनेर सोधिएको थियो । यो प्रश्नको जवाफमा उनले मुस्कुराउँदै भनेकी थिइन्, ‘म तपाईँलाई एउटा सफल बिहेको रहस्य भन्छु है । म कलाकार हुँ, उनी राजनीतिज्ञ । उसलाई बलिउडबारे केही थाहा छैन अनि मलाई राजनीतिबारे । त्यसैले हाम्रो बिहे राम्रो चलिरहेको छ ।’

परिणीतिले जवाफ सुन्दा त यही प्रष्ट हुन्छ कि उनी राजनीतिमा ‘इन्टरेष्टेड’ छैनन् । उनी अभिनयको दुनियाँमै रहिरहन चाहन्छिन् । ‘मान्छेहरु बिजी भएकै कारण खाना खान वा सुत्न पाइन भनेर गर्वका साथ कुरा गर्छन् ।’ काम र निजी जीवनबिच सन्तुलन बनाउन निकै जरुरी भएको भन्दै उनले भनिन् ।

‘म आफू पनि कठोर मेहनतमा विश्वास गर्छु । तर मलाई आफ्नो साथीभाईसँग भेट्न र छुट्टीमा जान पनि मन पर्छ,’ उनले भनिन् । आफू ८५ या ९० वर्षको हुँदा जीवनमा पछाडि फर्केर हेर्दा आफूले जस्तो चाहेको थियो त्यस्तै जीवन बाँचे भनेर खुसी मिल्नु पर्ने पनि उनले बताइन् । बिहे अघि परिणीतिले दलजीत दोसान्झसँग इम्तियाज अलिको चमकीला फिल्मको सुटिङ पूरा गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप