सीमा क्षेत्रमा गोली प्रहार, विराटनगरका युवक घाइते

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साँझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् ।
विराटनगर-१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन् । उनको बायाँ तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको उपचार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ ।
‘उपभोग्य खाद्यवस्तु खरिदको लागि जोगवनी गएको थिएँ । साँझ घर फर्किने क्रममा जोगवनीदेखि उत्तर रेलको स्टेसनदेखि माथितिर दक्षिण गेटबाट विराटनगर जाँदै थिए । त्यही बिचमा ६ जना केटाहरूसँग भेट भयो । केही बेर भनाभन भयो । एक जनाले मलाई गोली हाने,’ कोशी अस्पतालमा उपचार गराइरहेका घाइते संग्रौलाले भने ।
कोशी अस्पतालको मेडिकल अफिसर डाक्टर तुलसी गोइतले एक्स–रे गर्दा तिघ्रामा बुलेट जस्तो देखिएको बताए । ‘तिघ्राभन्दा तल्लो भागमा छाया देखिएको छ । यो भनेको ‘फोरेन बडी’ हो । बुलेट जस्तो पनि देखिएको छ । तिघ्रादेखि तल फ्राक्चर पनि भएको छ । यो बुलेटको फोर्स लागेर पनि हुनसक्छ,’ उनले भने, ‘इनसिजर गरेर निकालेपछि मात्र कन्फर्म गर्न सकिन्छ ।’
यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले दशगजा क्षेत्रमा नभएर भारतीय भूमितिर गोली चलेको हुनसक्ने बताए । ‘दशगजामा भएको भए प्रहरीलाई थाहा हुने थियो । हामीले पनि बिरामी हस्पिटल आएपछि मात्र थाहा पाएका छौँ । घटना विषय अनुसन्धान भइरहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर