आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत लाभांश दिने
सोमबार, २५ मङ्सिर २०८०, ११ : ४०

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको ७२ औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
समितिको बैठकको प्रस्तावअनुसार कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँ कायम छ ।
१० प्रतिशत बोनस सेयर वितरण गर्ने लघुवित्तले कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिको ७२ औँ बैठकले गरेको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्ने छ । यस्तै, लघुवित्तको आगामी वार्षिक साधारण सभाले समेत पारित गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै