आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत लाभांश दिने
सोमबार, २५ मङ्सिर २०८०, ११ : ४०
काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको ७२ औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
समितिको बैठकको प्रस्तावअनुसार कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँ कायम छ ।
१० प्रतिशत बोनस सेयर वितरण गर्ने लघुवित्तले कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिको ७२ औँ बैठकले गरेको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्ने छ । यस्तै, लघुवित्तको आगामी वार्षिक साधारण सभाले समेत पारित गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण