‘जम्प’ प्रिमियर : फरक शैलीको फिल्म रहेको कलाकर्मीको प्रतिक्रिया
काठमाडौँ । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जम्प’ प्रिमियर गरिएको छ । आइतबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा सञ्चारकर्मी तथा फिल्मकर्मीको सहभागिता रहेको थियो । प्रिमियरमा सहभागी धेरैले जम्पमार्फत भिन्न शैलीको फिल्म हेर्न पाएको प्रतिक्रिया दिए ।
प्रिमियरमा निर्देशक सुवर्ण थापा, कृषा चौलागाई, कलाकार प्रशान्त ताम्राकार, अशान्त शर्मा, दिब्यदेव पन्त, लेखक प्रदिप भारद्वाज लगायत सहभागी थिए । आशुतोषध्वज कार्कीको निर्देशन रहेको ‘जम्प’ ले एउटा एथ्लेटिक्स खेलाडीको कथा पेस गर्छ ।
जीवनमा सफलताको खोजी रहेको प्रमुख पात्रले सो पाउनका लागि दैवी शक्तिको सहारा लिएपछि आउने उतार चढावको कथामा फिल्म बनेको हो ।
सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल कँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार
-
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण