वीपी प्रतिष्ठानमा नेपालकै पहिलो चाल विश्लेषण प्रयोगशाला स्थापना
धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालकै पहिलो थ्रीडी चाल विश्लेषण प्रयोगशाला (3D Gait Analysis Lab) स्थापना भएको छ । स्वीट्जरल्याण्डको जेनेभा युनिभर्सिटी हस्पिटलको सहयोगमा विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागअन्तर्गत सो ल्याब स्थापना भएको प्रतिष्ठानकी प्रवक्ता डा.अन्जु प्रधानले जानकारी दिएकी हुन् ।
मानिसमा सेरेब्रल पाल्सी, विभिन्न शल्यक्रिया वा अन्य हाडजोर्नीसम्बन्धी कतिपय रोगका कारण हिँडाइको चाल नमिल्ने, हिँड्नमा कठिनाइ हुने हुन्छ । त्यस्ता मानिसको हिँडाई वा चाल ठिक गर्न यस ल्याबले मद्दत पुर्याउने प्रधानले बताइन् । उनका अनुसार ल्याबभित्र उच्च प्रविधिका आठ वटा क्यामेरा विभिन्न कोणमा जडान गरिएको छ । बिरामीलाई हिँड्न लगाई सबै कोणबाट बिरामीको चालको भिडियो र ग्राफिक्सहरू लिई उच्च प्रविधिको कम्प्युटरबाट सो भिडियो तथा ग्राफिक्सहरूको विश्लेषण गरी समस्याको पहिचान गरिने छ । यसबाट विशेषज्ञलाई बिरामी उपचारमा मद्दत पुग्नेछ ।
वीपीको हाडजोर्नी विभागका एसिस्टेन्ट प्रोफेसरद्वय डा.आशिष पाण्डे, डा.अमित लिम्बू र अर्थोटिष्ट/प्रोस्थेटिष्ट अमन श्रेष्ठ र फिजियोथेरापिष्ट मुजाहिद हुसैनले सो ल्याब सम्बन्धी तालिम लिएका छन् । जेनेभाबाट आएको तीन जना विशेषज्ञको टोलीले प्रतिष्ठानमा ल्याब स्थापना एवम् जनशक्तिलाई सो सम्बन्धी तालिम प्रदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण