आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सोमबार, २५ मङ्सिर २०८०, १७ : १३
सोमबार, २५ मङ्सिर २०८०

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । जिल्लाको  भजनी नगरपालिका–५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो ।

सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप