इजरायल र हमासबिचको युद्ध अझै दुई महिना जारी रहन सक्ने
तेल अभिभ । इजरायली सेनाका एक पूर्व उपकमाण्डरले इजरायल र हमासबिचको युद्ध अझै दुई महिना जारी रहने दाबी गरेका छन् । उनले इजरायलले गाजालाई हमासबाट मुक्त गरिरहेको पनि बताए ।
गाजा डिभिजनका रिटायर्ड डेपुटी कमाण्डर अमिर अविवीले बीबीसी न्यूज आवरलाई भने, ‘हामी अहिले गम्भीर मोडमा छौँ । धेरै आतंकवादी आत्मसमर्पण गर्दैछन्।’
उनले भने, ‘एक वा दुई हप्ता भित्र आईडीएफले गाजा पट्टीको उत्तरी भाग पूर्ण रूपमा नियन्त्रण गर्नेछ। यो एकदमै सघन जनसंख्या भएको क्षेत्र हो। यो हमासको गढ हो तर भौगोलिक रूपमा यो गाजा पट्टीको २० प्रतिशत मात्र हो। तर यो महत्त्वपूर्ण सफलता हो।’
खान युनिस नजिकै भारी लडाई जारी रहेको अविवीले बताए । अभियानका बारेमा उनले भने, 'इजरायलले गाजालाई हमासबाट मुक्त गराउँदैछ।' हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । त्यसयता इजरायलले गाजामा हमासविरुद्ध अभियान चलाइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण