कविता : प्रिय जीवनसाथी
मङ्गलबार, २६ मङ्सिर २०८०, १० : २२
प्रिय जीवनसाथी तिमी,
विशाल मृत्यु सागरको दुई किनारबाट,
दुईवटा अवचेतन मनबाट सिर्जना भई,
लामो जीवनयात्रा छोट्याउने एउटा
निर्विकल्प साया बनिरहनू ।
हाँसो र रोदनको मिश्रित रूप,
जीवनको रङ भर्ने कुची,
वेदनाको तरङ्ग बिसाउने चौतारी,
अविरल सुस्ताउने सुन्दर बाटिकाको
निष्कलङ्क रक्षक बनिरहनू ।
घाम र पानीबिचको इन्द्रेणी लहर,
आकाश अनि धर्तीबिचको शून्यता,
सङ्गीत र सुरबिचको लय एवं
दिवा र रात्रिबिच प्राप्ति हुने शीतलताको
कवच बनिरहनू ।
भावनाको मनमोहक लहर,
सुन्दरताको पुष्पबाटिका,
स्मृतिको अनुपम कृति,
यात्रा एवं अभिलाषाको एक दृढ़
विकल्प बनिरहनू ।
निराशालाई माथ गर्ने आशाहरूको नगरी,
सपनाको परिकल्पना,
यथार्थका परिदृश्य अनि
जीवन बाटिकाको सुन्दर रचना बनिरहनू ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण