मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कविता : प्रिय जीवनसाथी

मङ्गलबार, २६ मङ्सिर २०८०, १० : २२
मङ्गलबार, २६ मङ्सिर २०८०

प्रिय जीवनसाथी तिमी,
विशाल मृत्यु सागरको दुई किनारबाट,
दुईवटा अवचेतन मनबाट सिर्जना भई,
लामो जीवनयात्रा छोट्याउने एउटा
निर्विकल्प साया बनिरहनू ।

हाँसो र रोदनको मिश्रित रूप,
जीवनको रङ भर्ने कुची,
वेदनाको तरङ्ग बिसाउने चौतारी,
अविरल सुस्ताउने सुन्दर बाटिकाको
निष्कलङ्क रक्षक बनिरहनू ।

घाम र पानीबिचको इन्द्रेणी लहर,
आकाश अनि धर्तीबिचको शून्यता,
सङ्गीत र सुरबिचको लय एवं
दिवा  र रात्रिबिच प्राप्ति हुने शीतलताको
कवच बनिरहनू ।
भावनाको मनमोहक लहर,
सुन्दरताको पुष्पबाटिका,
स्मृतिको अनुपम कृति,
यात्रा एवं अभिलाषाको एक दृढ़
विकल्प बनिरहनू ।

निराशालाई माथ गर्ने आशाहरूको नगरी,
सपनाको परिकल्पना,
यथार्थका परिदृश्य अनि
जीवन बाटिकाको सुन्दर रचना बनिरहनू ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशीला शर्मा
सुशीला शर्मा
लेखकबाट थप