शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल

मङ्गलबार, २६ मङ्सिर २०८०, ११ : ४८
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेलले पाएका छन् । अर्थ मन्त्रालयले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । यसबारे बुझ्दा पौडेलले मन्त्रालयबाट नेप्से अध्यक्षमा नियुक्त भएको चिठ्ठी पाइसकेको जानकारी दिए । चिठ्ठी पाए पनि उनी नेप्सेको अध्यक्षकारुपमा पद बहालीलाई भने पुगिसकेका छैनन् ।

‘चिठ्ठी पाइसकेको छु । तर पदभार ग्रहण गरिसकेको छैन,’ पौडेलले भने । मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख बराललाई भने फिर्ता बोलाएको छ । बरालले यही असार ३ गतेदेखि नेप्सेको अध्यक्षको भूमिका सम्हालेका थिए ।

उनलाई २०८० जेठ ३२ गते अर्थमन्त्री स्तरीय निर्णयबाट नेप्सेको अध्यक्षमा नियुक्त गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप