नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेलले पाएका छन् । अर्थ मन्त्रालयले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । यसबारे बुझ्दा पौडेलले मन्त्रालयबाट नेप्से अध्यक्षमा नियुक्त भएको चिठ्ठी पाइसकेको जानकारी दिए । चिठ्ठी पाए पनि उनी नेप्सेको अध्यक्षकारुपमा पद बहालीलाई भने पुगिसकेका छैनन् ।
‘चिठ्ठी पाइसकेको छु । तर पदभार ग्रहण गरिसकेको छैन,’ पौडेलले भने । मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख बराललाई भने फिर्ता बोलाएको छ । बरालले यही असार ३ गतेदेखि नेप्सेको अध्यक्षको भूमिका सम्हालेका थिए ।
उनलाई २०८० जेठ ३२ गते अर्थमन्त्री स्तरीय निर्णयबाट नेप्सेको अध्यक्षमा नियुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण