मध्य प्रदेशको मुख्यमन्त्रीमा ‘नेपाली बाबा’का शिष्य !
काठमाडौँ । भारतको मध्य प्रदेश राज्यमा डा. मोहन यादव मुख्यमन्त्री बन्दैछन् । सोमबार भारतीय जनता पार्टीले यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
जानकारहरुका अनुसार मोहन यादव मुख्यमन्त्री बन्ने भविष्यवाणी ‘नेपाली बाबा’ले सन् २०१६ मै गरेका थिए । उज्जैनमा महाकुम्भका क्रममा सन् २०१६ मै ‘नेपाली बाबा’ले उनी मुख्यमन्त्री बन्ने भविष्यवाणी गरेका थिए ।
को हुन् नेपाली बाबा ?
नेपाली बाबा अर्थात् आत्मानन्द दास स्वामी उत्तर प्रदेशको अयोध्यामा बस्छन् । त्यहाँ उनले रामघाटमा सीताराम आश्रम स्थापना गरेका छन् ।
राजनीतिमा उनी भारतीय जनता पार्टीको समर्थक मानिन्छन् । मोहन यादव मध्य प्रदेशको मुख्यमन्त्री बन्ने सुनिश्चित भएसँगै नेपाली बाबाले आफ्नो सामाजिक सञ्जालबाट उनलाई बधाइ दिएका थिए । उक्त पोस्टमा उनले मोहन यादवलाई आफ्नो शिष्य बताएका छन् ।
नेपाली बाबा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर समर्थक हुन् । उनले हालै मोदीलाई रामको अवतार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई लक्ष्मणका रुपमा चित्रण गरेका थिए ।
कसरी राखियो ‘नेपाली बाबा’ नाम ?
‘नेपाली बाबा’ भन्नासाथ उनको नेपालसँग कुनै सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ । तर, उनको नेपालसँग प्रत्यक्ष सम्बन्ध भने छैन । उनी नेपाली होइनन् । उनी भारतको अयोध्या निवासी हुन् ।
‘नेपाली बाबा’ले एउटा अन्तरवार्तामा आफ्नो नयाँ नामबारे खुलासा गरेका छन् । भगवान् रामले शिव धनुष भाँचेको स्थान अर्थात् नेपालको धनुषा धाममा उनले एउटा आश्रम बनाएका छन् । त्यसपछि स्थानीयवासीले उनलाई धनुषामै बस्न आग्रह गरेका थिए ।
तर उनी भारत फर्किने निधोमा पुगेपछि स्थानीयवासीले नेपालसँग नटाढिन आग्रह गरेअनुसार नै उनले आफूलाई ‘नेपाली बाबा’ का रुपमा चिनाउन थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण