बीवाईडीद्वारा नेपालभर फास्ट चार्जिङ स्टेसन विस्तार, पहिलो चरणमा ११ डीसी चार्जर जडान
काठमाडौँ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशका मुख्य–मुख्य स्थानहरूमा ११ वटा डीसी फास्ट चार्जर जडान गरेको छ ।
नयाँ जडित डीसी फास्ट चार्जर देशका मुख्य सहरहरु, पोखरा, नेपालगन्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मूलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएका छन् । यी चार्जरहरू मध्ये, १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मूलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर रहेको कम्पनीले जानकारी दिएको छ ।
यसरी, साइमेक्सद्वारा पहिले नै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो ।
चर्जिङ स्थानहरू ठ्याक्कै कहाँ छन् ? र तिनको सम्पर्क नम्बरका लागि साइमेक्सको आधिकारिक वेबसाइट http://cimex.com.np/charging–stations मा गएर हेर्न सकिनेछ।
साथै, डिसेम्बर २०२३ को अन्त्य सम्ममा थप १८ डीसी फास्ट चार्जरहरु पनि सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण