बीवाईडीद्वारा नेपालभर फास्ट चार्जिङ स्टेसन विस्तार, पहिलो चरणमा ११ डीसी चार्जर जडान

काठमाडौँ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशका मुख्य–मुख्य स्थानहरूमा ११ वटा डीसी फास्ट चार्जर जडान गरेको छ ।
नयाँ जडित डीसी फास्ट चार्जर देशका मुख्य सहरहरु, पोखरा, नेपालगन्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मूलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएका छन् । यी चार्जरहरू मध्ये, १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मूलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर रहेको कम्पनीले जानकारी दिएको छ ।
यसरी, साइमेक्सद्वारा पहिले नै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो ।
चर्जिङ स्थानहरू ठ्याक्कै कहाँ छन् ? र तिनको सम्पर्क नम्बरका लागि साइमेक्सको आधिकारिक वेबसाइट http://cimex.com.np/charging–stations मा गएर हेर्न सकिनेछ।
साथै, डिसेम्बर २०२३ को अन्त्य सम्ममा थप १८ डीसी फास्ट चार्जरहरु पनि सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिस वर्ल्डपछि मिस ग्रान्ड इन्टरनेसनलमा विवाद, रेचल गुप्ताले उपाधि फिर्ता गर्ने
-
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको अधिकतम थोक मूल्य, सूची हेर्नुहोस्
-
बुटवलमा नारायणगढ सडक अवरुद्ध
-
राजावादी समूहले शुक्रबार माइतीघरमा प्रदर्शन गर्दै
-
बजेट ल्याएको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै
-
वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्, ‘बजेटले आशा जगाएको छ’