शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ बैंकको गोलबजार शाखाबाट सामाजिक सुरक्षा भत्ताको भुक्तानी दिन आनाकानी

मङ्गलबार, २६ मङ्सिर २०८०, १६ : २२
मङ्गलबार, २६ मङ्सिर २०८०

सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ स्थित मुक्तिनाथ विकास बैंकले कर्मचारी अभाव भएको भन्दै सामाजिक सुरक्षा भत्ता वितरणमा आनाकानी गरेको छ ।

बैंकले समयमा सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउँदा गोलबजार नगरपालिका ७ र ८ नम्बर वडाका ज्येष्ठ नागरिक, एकल महिलासहित एक हजार दुई ७७ जना लाभग्राही मर्कामा परेका हुन् ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासिक किस्ता एक साता अघि नै सबै प्रक्रिया पूरा गरी पठाएको जनाएको छ । बैंकले भने अझै भुक्तानी प्रक्रिया अगाडि नबढाएको सेवाग्राहीको गुनासो छ ।

गोलबजार नगरपालिका–८ की एकल महिला सुजानदेवी यादवले पैसा आएकै छैन भनेर बैंकले फर्काइदिएको दुखेसो पोखिन् ।

त्यही पैसाबाट जाडो छल्न लुगाफाटो र खाद्यान्न किन्ने योजना बनाएकी उनले समयमै भुक्तानी नपाउँदा समस्या भइरहेको बताइन् ।

गोलबजार–८ का ज्येष्ठ नागरिक राशलाल यादव पनि सामाजिक सुरक्षा भत्ता नआउँदा समस्या भएको बताउँछन् । ‘बैंकमा पछिल्लो पाँच दिनदेखि धाइरहेको छु । उपचारको लागि विराटनगर जानुपर्ने छ । बैंकले पुस १ गते आउनु भनेर फर्काइदियो,’ उनले भने ।

यता मुक्तिनाथ विकास बैंकले कर्मचारी अभाव, आन्तरिक लेखा परीक्षण र बैंकका म्यानेजर पनि बिदामा रहेकाले वितरण गर्न नसकिएको जनाएको छ । बैंकका अपरेशन इन्चार्ज मुकेश कुमार साहले भने, ‘नगरपालिकाले पनि ढिलोगरी पैसा पठायो, हाम्रो पनि आन्तरिक लेखा परीक्षण, नयाँ र थोरै कर्मचारी भएकाले वितरण गर्न समस्या भएको हो । हामी सल्लाह गरेर एक÷दुई दिनभित्रै वितरण प्रक्रिया अगाडि बढाउँछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप