मुक्तिनाथ बैंकको गोलबजार शाखाबाट सामाजिक सुरक्षा भत्ताको भुक्तानी दिन आनाकानी
सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ स्थित मुक्तिनाथ विकास बैंकले कर्मचारी अभाव भएको भन्दै सामाजिक सुरक्षा भत्ता वितरणमा आनाकानी गरेको छ ।
बैंकले समयमा सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउँदा गोलबजार नगरपालिका ७ र ८ नम्बर वडाका ज्येष्ठ नागरिक, एकल महिलासहित एक हजार दुई ७७ जना लाभग्राही मर्कामा परेका हुन् ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासिक किस्ता एक साता अघि नै सबै प्रक्रिया पूरा गरी पठाएको जनाएको छ । बैंकले भने अझै भुक्तानी प्रक्रिया अगाडि नबढाएको सेवाग्राहीको गुनासो छ ।
गोलबजार नगरपालिका–८ की एकल महिला सुजानदेवी यादवले पैसा आएकै छैन भनेर बैंकले फर्काइदिएको दुखेसो पोखिन् ।
त्यही पैसाबाट जाडो छल्न लुगाफाटो र खाद्यान्न किन्ने योजना बनाएकी उनले समयमै भुक्तानी नपाउँदा समस्या भइरहेको बताइन् ।
गोलबजार–८ का ज्येष्ठ नागरिक राशलाल यादव पनि सामाजिक सुरक्षा भत्ता नआउँदा समस्या भएको बताउँछन् । ‘बैंकमा पछिल्लो पाँच दिनदेखि धाइरहेको छु । उपचारको लागि विराटनगर जानुपर्ने छ । बैंकले पुस १ गते आउनु भनेर फर्काइदियो,’ उनले भने ।
यता मुक्तिनाथ विकास बैंकले कर्मचारी अभाव, आन्तरिक लेखा परीक्षण र बैंकका म्यानेजर पनि बिदामा रहेकाले वितरण गर्न नसकिएको जनाएको छ । बैंकका अपरेशन इन्चार्ज मुकेश कुमार साहले भने, ‘नगरपालिकाले पनि ढिलोगरी पैसा पठायो, हाम्रो पनि आन्तरिक लेखा परीक्षण, नयाँ र थोरै कर्मचारी भएकाले वितरण गर्न समस्या भएको हो । हामी सल्लाह गरेर एक÷दुई दिनभित्रै वितरण प्रक्रिया अगाडि बढाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण