ह्वाइटहाउस पुगे युक्रेनका राष्ट्रपति जेलेन्स्की
वाशिङ्टन डीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउस आइपुगेका छन् । युक्रेनलाई अमेरिकाले दिँदै आएको सहायता तत्कालै सुक्न सक्ने चेतावनी ह्वाइट हाउसले दिएकै बेलामा जेलेन्स्की अमेरिका आइपुगेका छन् ।
अमेरिकाको कंग्रेसमा युक्रेनलाई दिने भनिएको नयाँ सहायता सम्बन्धी वार्ता ठप्पै भएको छ । यस्तोमा राष्ट्रपति जो बाइडेनले एक्कासी जेलेन्स्कीलाई अमेरिका बोलाएका थिए । बाइडेनले युक्रेनलाई नयाँ सहायता अन्तर्गत करिब ६० अर्ब डलर उपलब्ध गराउन अनुरोध गरेका छन् । रिपब्लिकनहरुले भने यो अनुरोधलाई अमेरिकाको दक्षिण सीमाबाट भइरहेको आप्रवासन सीमित बनाउन नयाँ कठोर नियम ल्याउने साधनको रुपमा प्रयोग गर्न खोजेपछि समस्या उत्पन्न भएको हो ।
जेलेन्स्कीले अमेरिकी सांसदहरुलाई नयाँ आर्थिक सहायताका लागि राजी गराउँछन् भन्ने आशा बाइडेनको टिमको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गरेयता जेलेन्स्कीले आर्थिक सहायता जुटाउन अन्तर्राष्ट्रिय संसद्, विधान सभा, सम्मेलन र अवार्ड शोहरुमा व्यापक रुपमा देखा परिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण