कांग्रेसका पुराना नेता ६९ वर्षीय लालीप्रसाद मेहताको निधन

विराटनगर । सुनसरी देवानगञ्ज १ निवासी कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको मंगलबार निधन भएको छ ।
देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका ६९ वर्षीय मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।
मेहतलाई हृदयघातपछि हिजो अस्पताल भर्ना गरिएको थियो । पञ्चायतकालमा उपप्रधानपञ्च भएका लालिप्रसाद बहुदल आएपछि मध्यहर्षाही गाविसका अध्यक्ष समेत भए । हाल उनी कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत हुन् भने पूर्व जिल्ला सदस्य समेत भएका छन् ।
सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा कांग्रेस जोगाउन मेहताले सशक्त भूमिका खेलेका उनका निकटहरु बताउँछन् । मधेस आन्दोलनको समयमा धेरै नेता कार्यकर्ता मधेसवादी पार्टीमा जाँदा मेहता भने कांग्रेसमै रहेका थिए । मेहताको निधनपछि सुनसरी कांग्रेसलाई ठूलो क्षति पुगेको नेता राजिव कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन