सेजभित्र माटो ओसारपसार गर्ने टिपर प्रहरीको नियन्त्रणमा
बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) भित्र निर्माणाधीन उद्योगहरुका लागि माटो ओसारपसार गर्ने ९ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कलैया उपमहानगर र वीरगन्ज महानगरबाट अवैध ढङ्गले माटो बोकेर ल्याएका ९ वटा टिपरलाई इलाका प्रहरी कार्यालय सिमराले माटोसहित नियन्त्रणमा लिएको हो ।
जीतपुर सिमरा उपमहानगरले माटोमा कर लगाएपछि व्यवसायीहरुले वीरगन्ज महानगर र कलैया उपमहानगरबाट सेजमा माटो ओसारपसार गरेका हुन् । जीतपुर सिमराले चालु आर्थिक वर्षदेखि माटोमा प्रतिघनफिट २ रुपैयाँ कर लगाएको छ । तर वीरगन्ज र कलैयाले भने माटोमा कर लगाएका छैनन् ।
जीतपुर सिमरा उपमहानगर राजस्व महाशाखा प्रमुख रमेश सुवेदीले अवैध ढंगले स्थानीय तहको अनुमति बिना माटो उत्खनन् गरेर ल्याएको टिपरलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको बताए ।
‘स्रोतको पहिचान नगरी अनुमति बिना अवैध ढङ्गले माटो उत्खनन् गरेर हाम्रो पालिकामा ल्याएकाले सम्बन्धित स्थानीय तहमा जरिवाना तिरेर आउन हामीले प्रहरीमार्फत पत्र पठाएका छौँ,’ राजस्व महाशाखा प्रमुख सुवेदीले भने, ‘वीरगन्ज र कलैया उपमहानगरले माटोमा कर नलगाए पनि सम्बन्धित तहबाट अनुमति ल्याएको देखिँदैन ।’
प्रहरीले नियन्त्रणमा लिएका ९ वटा टिपरमध्ये ३ वटा टिपर औराहा स्थित प्रहरी चौकी र ६ वटा टिपर ईप्रका जितपुरमा राखिएको छ ।
माटो ओसारपसारको काम गरिहरका जीतपुरका व्यवसायी सुनिल गुप्ताले भने जीतपुर सिमरा उपमहानगरले माटोमा कर लगाएका कारण अन्यत्रबाट माटो खरिद गरेर सेजभित्रका उद्योगहरुलाई बिक्री गरेको जनाए । ‘हामीले सबै कागजी प्रक्रिया पूरा गरेर माटो उत्खनन गरेर सेजमा बिक्री गर्दा जीतपुर सिमरा उपमहानगर र प्रहरीले नियन्त्रणमा लिन मिल्छ ?’ व्यवसायी गुप्ताले प्रश्न गरे ।
ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले भने माटोसहित नियन्त्रणमा लिइएका टिपरलाई कारबाही गर्न उपमहानगरले आलटाल गरेर सबै काम प्रहरीमाथि थुपार्ने गरेको टिप्पणी गरेका छन् ।
यसअघि जीतपुर सिमरा उपमहानगर वडा नं ११ मा व्यक्तिको भोगचलनको जग्गाको कागजपत्र बनाएर सार्वजनिक जग्गाबाट एक हजार टिपर माटो चोरी गरेर सेजभित्र बिक्री भएको थियो । सो घटनामा उपप्रमुख भोला प्रसाद अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन भए पनि माओवादी र नेकपा एमालेका जनप्रतिनिधि जोडिएपछि घटनालाई सामसुम पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण