जनकपुरमा ‘मदन भण्डारी’ र विराटनगरमा ‘गिरीजाप्रसाद कोइराला’ हक्की प्रतियोगिता
काठमाडौँ । नेपाल हक्की संघले जनकपुरमा मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगिता र विराटनगरमा गिरीजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ । मदन भण्डारी कप महिला प्रतियोगिता आगामी माघको अन्तिम साता र गिरीजाप्रसाद कोइराला पुरुष प्रतियोगिता चैतको अन्तिम साता आयोजना हुनेछ ।
हक्की संघले सार्वजनिक गरेको वार्षिक कार्यक्रम अनुसार, आगामी पुसमा हेटौँडामा अन्तरनगरपालिका हक्की प्रतियोगिता आयोजना हुनेछ । फागनुको अन्तिम साता धुलिखेलमा सहाना प्रधान राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना गरिने संघले जनाएको छ ।
संघका अनुसार, मदन भण्डारी कप पहिलोपटक आयोजना गर्न लागिएको हो भने सहाना प्रधान र गिरीजाप्रसाद कोइराला राष्ट्रिय हक्की प्रतियोगिता विगतकै निरन्तरता हो । आगामी वैशाखको अन्तिम साता प्रदेशस्तरीय पुरुष तथा महिला हक्की प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी पनि संघकी महासचिव सुवर्ण श्रेष्ठले दिइन् ।
उक्त प्रतियोगिता हेटौँडा वा चितवनमा आयोजना गरिने बताइएको छ । यसका अतिरिक्त जेठको अन्तिम साता पोखरामा पुरुष तथा महिला इन्डोर हक्की प्रतियोगिता गर्ने संघले जनाएको छ । काठमाडौँ वा ललितपुरमा भेट्रान कप पनि आयोजना हुनेछ । त्यो प्रतियोगिताको मिति भने तय भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण