जनकपुरमा ‘मदन भण्डारी’ र विराटनगरमा ‘गिरीजाप्रसाद कोइराला’ हक्की प्रतियोगिता

काठमाडौँ । नेपाल हक्की संघले जनकपुरमा मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगिता र विराटनगरमा गिरीजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ । मदन भण्डारी कप महिला प्रतियोगिता आगामी माघको अन्तिम साता र गिरीजाप्रसाद कोइराला पुरुष प्रतियोगिता चैतको अन्तिम साता आयोजना हुनेछ ।
हक्की संघले सार्वजनिक गरेको वार्षिक कार्यक्रम अनुसार, आगामी पुसमा हेटौँडामा अन्तरनगरपालिका हक्की प्रतियोगिता आयोजना हुनेछ । फागनुको अन्तिम साता धुलिखेलमा सहाना प्रधान राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना गरिने संघले जनाएको छ ।
संघका अनुसार, मदन भण्डारी कप पहिलोपटक आयोजना गर्न लागिएको हो भने सहाना प्रधान र गिरीजाप्रसाद कोइराला राष्ट्रिय हक्की प्रतियोगिता विगतकै निरन्तरता हो । आगामी वैशाखको अन्तिम साता प्रदेशस्तरीय पुरुष तथा महिला हक्की प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी पनि संघकी महासचिव सुवर्ण श्रेष्ठले दिइन् ।
उक्त प्रतियोगिता हेटौँडा वा चितवनमा आयोजना गरिने बताइएको छ । यसका अतिरिक्त जेठको अन्तिम साता पोखरामा पुरुष तथा महिला इन्डोर हक्की प्रतियोगिता गर्ने संघले जनाएको छ । काठमाडौँ वा ललितपुरमा भेट्रान कप पनि आयोजना हुनेछ । त्यो प्रतियोगिताको मिति भने तय भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब तमिल सुपरस्टार स्टेजमै बेहोस भए...
-
भारत–पाकिस्तान हात हालाहालको स्थिति नआओस् भनेर हामीले पनि भन्यौँ : प्रधानमन्त्री ओली
-
४० वर्षदेखि टर्कीमा जारी सशस्त्र संघर्ष अन्त्य गर्ने पीकेकेको घोषणा
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
-
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
-
बुद्ध ! मेरो युगमा तिम्रो सम्झना