पाण्डेय सङ्घीय संसद्को कार्यवाहक महासचिव
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी दिएका छन् । राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा घिमिरले पाण्डेयलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन् ।
प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन् ।
सभामुखले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहे पनि सम्भव नभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी बताएका छन् ।
सोमवार सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयलाई राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण