बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
संसद

पाण्डेय सङ्घीय संसद्को कार्यवाहक महासचिव

बुधबार, २७ मङ्सिर २०८०, १० : ५२
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी दिएका छन् ।  राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा घिमिरले पाण्डेयलाई  संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन् । 

प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन् ।

सभामुखले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहे पनि सम्भव नभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी बताएका छन् । 

सोमवार सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयलाई राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरिएको थियो ।

samsad

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप