इजरायलले वैश्विक समर्थन गुमाइरहेको छ : राष्ट्रपति बाइडेन
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामाथि अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वभरबाट समर्थन गुमाइरहेको टिप्पणी गरेका छन् । मंगलबार एक कार्यक्रममा बाइडेनले गरेको यो टिप्पणीलाई अमेरिकाको तर्फबाट इजरायलप्रति गरिएको सबैभन्दा कडा आलोचनाको रूपमा हेरिएको छ ।
गत ७ अक्टोबरमा चरमपन्थी समूह हमासद्वारा इजरायलमा गरिएको हमलापछि अमेरिकाले इजरायलको खुलेर समर्थन गर्दै आइरहेको छ । कार्यक्रममा बाइडेनले पुनः एकपटक अमेरिका सधैँ इजरायलको साथमा उभिने बताए पनि सुझाव दिँदै भने, ‘इजरायलको साथमा अमेरिका खडा छ । ऊसँग अमेरिकाबाहेक अन्यको पनि साथ छ । युरोपेली संघ छ, युरोपको साथ छ । उसको साथमा विश्वको अधिकांश हिस्सा छ । तर, अन्धाधुन्ध बमबारीले त्यो समर्थन गुम्दैछ ।’
बाइडेनले थप भने, ‘हमासमाथि कारबाहीको आवश्यकताबारे कुनै प्रश्न छैन र यस्तो गर्नका लागि इजरायलसँग पुरा अधिकार छ ।’ यद्यपि, पछिल्ला दिनहरूमा अमेरिकाले इजरायललाई ‘मानव जीवनलाई प्राथमिकता दिन र गाजाका सर्वसाधारणलाई द्वन्द्वबाट बचाउन’ सुझाव दिँदै आएको छ ।
वरिष्ठ अमेरिकी अधिकारीहरूले पनि इजरायलको यो रवैयाप्रति असन्तोष जताएका छन् । विश्वका कयौँ देश, संयुक्त राष्ट्रसंघ र मानवअधिकारवादी संस्थाहरूले इजरायलको बमबारीको आलोचना गर्दै आइरहेका छन् । उनीहरूले तत्काल युद्धविराम गर्न माग गरिरहेका छन् । मंगलबार गाजामा हमासको स्वास्थ्य मन्त्रालयले ७ अक्टोबरपछिको बमबारीमा अहिलेसम्म १८ हजार ४ सयभन्दा बढी मानिस मारिसकेको जानकारी दिएको छ । उता हमासको हमलामा १२ सय इजरायली मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण