आफ्नो डिपफेक भिडियोबारे आलियाले के भनिन् ?
नयाँ दिल्ली । पछिल्ला दिनमा बलिउडमा एकपछि अर्को गर्दै डिपफेक भिडियोहरू सार्वजनिक भए । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको भिडियोदेखि शुरु भएको यो मामिलामा काजोल, कट्रिना कैफ र आलिया भट्ट जस्ता अन्य चर्चित अभिनेत्रीको समेतको नक्कली भिडियोहरु आए । हालै मात्र आलिया भट्टले रेड सी इन्टरनेशनल फिल्म फेष्टिबलमा आफ्नो डिपफेक भिडियोबारे प्रतिक्रिया दिएकी छन् ।
कार्यक्रममा आलियाले हार्ट अफ स्टोनमा काम गर्दाको आफ्नो अनुभवदेखि आफ्नो आगामी फिल्म जिगरासम्म खुलेर कुराकानी गरेकी थिइन् । त्यसबेला अभिनेत्री आलियाले आफ्नो भाइरल डिपफेक भिडियोमा पनि प्रतिक्रिया दिइन् । ‘भन्नलाई त धेरै कुरा छन् । मलाई यस्तो लाग्छ कि जहाँ राम्रो कुरा हुन्छ त्यहाँ नराम्रो कुरा पनि हुन्छन्’ आलियाले भनिन् । एआईले केही व्यवसायका लागि अवसरको बाटो खोल्ने भएपनि अरुको लागि यो हानिकारक हुन सक्ने उनले बताइन् । ‘यसलाई हामीले राम्रो ढंगले बुझ्न थाल्यौ भने सर्वसाधारणको सुरक्षाको लागि कानुन पनि बन्नेछ भन्ने मलाई आशा छ,’ आलियाले भनिन् ।
शुरुमा रश्मिका मन्दानाको डिपफेक भिडियो भाइरल बनेको थियो । त्यतिबेला रश्मिकाको समर्थनमा अमिताभ बच्चनले खुलेर बोलेका थिए । बलिउड अभिनेत्री मृणाल ठाकुरदेखि दक्षिण भारतीय स्टार नागा चैतन्यसम्मले डिपफेकबारे चिन्ता व्यक्त गरेका थिए । कृत्रिम बौद्धिकताको नियमनसम्बन्धी कानुन ल्याउन सरकारसँग माग समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण