बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो डिपफेक भिडियोबारे आलियाले के भनिन् ?

बुधबार, २७ मङ्सिर २०८०, ११ : २४
बुधबार, २७ मङ्सिर २०८०

नयाँ दिल्ली । पछिल्ला दिनमा बलिउडमा एकपछि अर्को गर्दै डिपफेक भिडियोहरू सार्वजनिक भए । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको भिडियोदेखि शुरु भएको यो मामिलामा काजोल, कट्रिना कैफ र आलिया भट्ट जस्ता अन्य चर्चित अभिनेत्रीको समेतको नक्कली भिडियोहरु आए । हालै मात्र आलिया भट्टले रेड सी इन्टरनेशनल फिल्म फेष्टिबलमा आफ्नो डिपफेक भिडियोबारे प्रतिक्रिया दिएकी छन् ।

कार्यक्रममा आलियाले हार्ट अफ स्टोनमा काम गर्दाको आफ्नो अनुभवदेखि आफ्नो आगामी फिल्म जिगरासम्म खुलेर कुराकानी गरेकी थिइन् । त्यसबेला अभिनेत्री आलियाले आफ्नो भाइरल डिपफेक भिडियोमा पनि प्रतिक्रिया दिइन् । ‘भन्नलाई त धेरै कुरा छन् । मलाई यस्तो लाग्छ कि जहाँ राम्रो कुरा हुन्छ त्यहाँ नराम्रो कुरा पनि हुन्छन्’ आलियाले भनिन् । एआईले केही व्यवसायका लागि अवसरको बाटो खोल्ने भएपनि अरुको लागि यो हानिकारक हुन सक्ने उनले बताइन् । ‘यसलाई हामीले राम्रो ढंगले बुझ्न थाल्यौ भने सर्वसाधारणको सुरक्षाको लागि कानुन पनि बन्नेछ भन्ने मलाई आशा छ,’ आलियाले भनिन् ।

शुरुमा रश्मिका मन्दानाको डिपफेक भिडियो भाइरल बनेको थियो । त्यतिबेला रश्मिकाको समर्थनमा अमिताभ बच्चनले खुलेर बोलेका थिए । बलिउड अभिनेत्री मृणाल ठाकुरदेखि दक्षिण भारतीय स्टार नागा चैतन्यसम्मले डिपफेकबारे चिन्ता व्यक्त गरेका थिए । कृत्रिम बौद्धिकताको नियमनसम्बन्धी कानुन ल्याउन सरकारसँग माग समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप
रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप